बैतडी। जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा आज दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रवक्ता धामीले बताए।
तीव्र गतिमा रहेका जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनामा परेर जीप चालक गोपाल कार्की पनि घाइते भएका छन्। उनका थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। उनको टाउँकोमा गम्भीर चोट लागेको छ। दुर्घटनामा परेर मृत्यु भएका सबै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए। गत चैतदेखि पेन्सन बुझ्न नपाएकाहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ।
" /> बैतडी। जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा आज दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा परी पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रवक्ता धामीले बताए।

">