काठमाडौं। तनहुँमा लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
ब्यास नगरपालिका–१२ घाँसीकुँवाबाट ३१ वर्षीय पूर्णबहादुर दमाईलाई विभिन्न प्रकारका लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
उनी भानु नगरपालिका–६ ढुङ्गाडेका हुन्।
प्र्रहरीले उनको साथबाट दुई एमएलको ३९ थान डाइजेपाम, ३९ थान नोर्फिन र दुई एमएलको ३९ थान फेनारगन बरामद गरेको छ।
उनको झोलामा प्लाष्टिकभित्र पोको पारेर बोकेको अवस्थामा उक्त परिमाणका लागूऔषधहरू फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।
यस्तै, बाँकेमा पनि प्रहरीले सोमबार राति दुई जनालाई करिब एक किलो १ सय ३० ग्राम लागूऔषध चरेस सहित पक्राउ गरेको छ।
जिल्लाको नरैनपुर गाउँपालिका–१ सुइयाबाट २८ वर्षीय धर्वेन्द्रकुमार पासवान र २१ वर्षीय राम किसुन पासवान पक्राउ परेका हुन्।
पक्राउ परेका धर्वेन्द्रकुमार भारतको श्रावस्ती बैजिहवा गाउँका र राम चाहिँ भारतकै सिर्सिया गाउँका हुन्।
इलाका प्रहरी कार्यालय भगबानपुरबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको युपी ४६ जे २०५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक धर्वेन्द्र र मोटरसाइकलमा सवार रामकिसुनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।