भारतले गर्‍यो ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण, ४०० किलोमिटरसम्म मार हान्न सक्ने
एजेन्सी। चीनसँग सीमामा तनाव बढिरहेका बेला भारतले ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ।

उक्त मिसाइल ४०० किलोमिटर टाढासम्म आक्रमण गर्न सक्षम रहेको बताइएको छ।

भारतले आज बिहान १० बजे अंडमान तथा निकोबार द्वीपबाट जमिनमा प्रहार गर्ने ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको हो।

परीक्षणका बेला मिसाइलले सिधै आफ्नो लक्ष्यमा प्रहार गर्न सफल भएको थियो। यसको लक्ष्य अर्को द्वीपलाई बनाइएको थियो।

यसै महिना भारतले बालासोरमा क्विक रिएक्सन मिसाइलको समेत सफल परीक्षण गरेको थियो।

मिसाइलको परीक्षण यस्तो बेला गरिएको छ जति बेला लद्दाखमा चीनसँग सीमा विवाद चर्किरहेको छ। यो परीक्षणसँगै मिसाइल भारतीय सेनाको लागि तयार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्