उपत्यकामा जोर विजोर प्रणाली उलंघन गर्ने ५६७ सवारी साधन नियन्त्रणमा
<p>काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली उलंघन गर्ने ५६७ सवारी साधनलाई सोमबार नियन्त्रणमा लिएको छ।</p>
<p>“जोर-बिजोरको उलंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो ५६७ ओटा बिजोर नम्बरका सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। जसमा ४२७ ओटा दुई पाङग्रे र १४० ओटा चार पाङग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p>
<p>काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीमा सवारी साधनहरु सञ्चालन भइरहेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
