काठमाडाैं। आज देशभरकाे माैसम सामान्यतया सफा रहे पनि केही हिमाली भू-भागमा हल्का हिमपातकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भू-भागमा सामान्यदेखि आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाइएकाे छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहने महाशाखाकाे पूर्वानुमान छ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेकाे छ।
" /> काठमाडाैं। आज देशभरकाे माैसम सामान्यतया सफा रहे पनि केही हिमाली भू-भागमा हल्का हिमपातकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

">