काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको छ। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको छ।
मृतकमध्ये चालक तिलोत्तमा नगरपालिका–१५ मधवलिया बस्ने २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलमा सवार अर्का व्यक्ति सोही ठाउँ बस्ने २० वर्षीय हरि गुरुङ भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको छ। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको छ।मृतकमध्ये चालक तिलोत्तमा नगरपालिका–१५ मधवलिया बस्ने २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलमा सवार अर्का व्यक्ति सोही ठाउँ बस्ने २० वर्षीय हरि गुरुङ भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
">