एजेन्सी। अमेरिकी राष्ट्रपतिको कार्यभार जो बाइडेनले सम्हालेसँगै चीनसँगको सम्बन्ध सुमधुर हुने भ्रमबाट चीन टाढा रहनुपर्ने चिनियाँ सरकारी सल्लाहकारले बताएका छन्। यससँगै चीनले अमेरिकासँग कठोर सम्बन्धका लागि तयार हुनुपर्ने पनि उनले बताएका छन्।
सेन्जेनको थिङ्क-ट्याङ्क एडभान्स्ड इन्स्टिच्युट अफ ग्लोबल एन्ड कन्टेम्पोररी चाइना स्टडिजका डिन जेङ योङ्यानले चिनियाँ सरकारलाई अमेरिकासँग सम्बन्ध सुधार गर्ने कुनै पनि अवसर खेर नफाल्न सुझाव दिएका हुन्। साउथ चाइना मर्निङ पोस्टसँगको एक अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन्।
“पुरानो, राम्रो सम्बन्धयुक्त दिन समाप्त भए,” जेङले भनेका छन्, “अमेरिकामा शीतयुद्धको बादल केही वर्षयता देखिएको छ र यो रातारात विलय हुँदैन।”
चिनियाँ राष्ट्रपति सि चिनफिङलाई दीर्घकालीन चिनियाँ रणनीतिबारे सल्लाह दिँदै आएका जेङका अनुसार अमेरिकामा चीनलाई नियन्त्रण गर्न सहमति भएको छ। उनले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतामा चीनप्रतिको नकारात्मक भावनाको फाइदा लिन खोज्ने जनाएका छन्। “अमेरिकी समाज चुँडिएको छ,” उनले भनेका छन्, “बाइडेनले यसबारे केही पनि गर्न सक्दैनन्।”
“यसरी घरकै समस्या समाधान गर्न नसक्दा उनी निश्चय नै कमजोर राष्ट्रपतिका रूपमा प्रस्तुत हुनेछन् र उनले चीनसँग कूटनीतिक कार्य केही गर्नेछन्,” जेङ भन्छन्, “यदि ट्रम्प प्रजातन्त्र र स्वतन्त्रता प्रवद्र्धनमा रुचि राख्दैनन् भने बाइडेनले राख्नेछन्। अनि यदि ट्रम्प युद्धमा रुचि राख्दैनन् भने ... डेमोक्र्याट राष्ट्रपतिले युद्ध सुरु गर्न सक्नेछन्।”
ट्रम्पको राष्ट्रपति कालमा चीन र अमेरिकाबीच कोभिड–१९ महामारी व्यवस्थापन, व्यापार र मानवअधिकारलगायत थुप्रै कारणले सम्बन्ध बिग्रेका छन्।
चीनमाथि लक्षित झन्डै ३०० वटा छुट्टाछुट्टै विधेयक अमेरिकी कंग्रेसमा दुवै डेमोक्र्याट र रिपब्लिकनहरूले ल्याएका छन्। यसबाहेक बाइडेनले आफ्नो चुनावी अभियानमा समेत चीनविरुद्ध नकारात्मक टिप्पणी गर्दै आएका थिए।
यी सबै कारणहरूले चिनियाँ कूटनीतिक विशेषज्ञहरूले आगामी दिनमा बाइडेनको नेतृत्वमा समेत अमेरिका र चीनबीच सम्बन्ध सुमधुर हुन नसक्ने जनाएका छन्।
" /> एजेन्सी। अमेरिकी राष्ट्रपतिको कार्यभार जो बाइडेनले सम्हालेसँगै चीनसँगको सम्बन्ध सुमधुर हुने भ्रमबाट चीन टाढा रहनुपर्ने चिनियाँ सरकारी सल्लाहकारले बताएका छन्। यससँगै चीनले अमेरिकासँग कठोर सम्बन्धका लागि तयार हुनुपर्ने पनि उनले बताएका छन्।सेन्जेनको थिङ्क-ट्याङ्क एडभान्स्ड इन्स्टिच्युट अफ ग्लोबल एन्ड कन्टेम्पोररी चाइना स्टडिजका डिन जेङ योङ्यानले चिनियाँ सरकारलाई अमेरिकासँग सम्बन्ध सुधार गर्ने कुनै पनि अवसर खेर नफाल्न सुझाव दिएका हुन्। साउथ चाइना मर्निङ पोस्टसँगको एक अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन्।

">