काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मे१ ज ३११९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तेह्रथुमको आठराई गाउँपालिका-६ बस्ने २५ वर्षीय केवल खवासको आइतबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका केवलको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तीबोझामा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलका चालक सोही नगरपालिका-८ पचुइका २० वर्षीय हेमन्तबहादुर चन्दको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका हेमन्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
आइतबार पाल्पाको रामपुर नगरपालिका-७ बट्टारमा लु.५० प ६२१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँ बस्ने २२ वर्षीय जिवन रानाको घटनास्थलमै मृत्यु भएको छ।
" /> काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मे१ ज ३११९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तेह्रथुमको आठराई गाउँपालिका-६ बस्ने २५ वर्षीय केवल खवासको आइतबार साँझ मृत्यु भएको छ।

">