काठमाडौं। स्याङ्जाको पुतलीबजार नगरपालिका-८ अर्बेङका एक वृद्ध गाँजासहित पक्राउ गरेका छन्।
६० वर्षीय चित्रबहादुर शाही करिब चार किलो पाँच सय ग्राम गाँजा सहित आइतबार दिउँसो पक्राउ परेका हुन्। शाहीको घरमा अवैध लागुऔषध “गाँजा लुकाई राखेको छ” भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो ।
यस्तै, धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट करिब छ किलो गाँजा सहित २ जना आइतबार राति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ग१५ प ३३५० नम्बरको स्कुटर चालक नीलकण्ठ नगरपालिका-६ सुनौलाबजारका २२ वर्षीय दिलिप दाहाल र स्कुटरमा पछाडि सवार सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उक्त स्कुटर जाँच गर्ने क्रममा गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।
" /> काठमाडौं। स्याङ्जाको पुतलीबजार नगरपालिका-८ अर्बेङका एक वृद्ध गाँजासहित पक्राउ गरेका छन्।६० वर्षीय चित्रबहादुर शाही करिब चार किलो पाँच सय ग्राम गाँजा सहित आइतबार दिउँसो पक्राउ परेका हुन्। शाहीको घरमा अवैध लागुऔषध “गाँजा लुकाई राखेको छ” भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो ।

">