काठमाडौं। पोखराका १७ वर्षीय सादिप जलारीले फेवातालमा डुङ्गा खियाएर परिवार चलाउन थालेको डेढ वर्ष हुन लागिसक्यो।

कमजोर आर्थिक अवस्थाका कारण खेल्ने कुद्ने किशोरावस्थामै पूर्णकालिन श्रम उनको नियति बनेको थियो। त्यसैले त दाजुको मार्गनिर्देशनअनुसार उनले फेवातालमा डुंगा खियाउने पेशा रोजेका थिए। दाजु पनि त्यही काममा भएकाले तालमा अभ्यस्त हुन उनलाई फाइदै पुग्यो।

एकाबिहानै देखि साँझको हावा अवरोध नबनुन्जेलसम्म डुंगा खियाउनु आफैमा सहज हाम त पक्कै थिएन। तर, काम सिक्नदेखि पाउनसम्म भने दाजुको साथले सहयोग पुगेको थियो। २०७६ को वैशाखदेखि फेवामा डुङ्गा चालक बनेका सादिपको दैनिकी यसैगरी चल्दै थियो। दैनिक १ हजार ५०० को हाराहारीमा कमाउँदा आफ्नै ठाउँमा काम गरेर उनले मासिक ४५ हजार रुपैयाँ कमाई गरिरहेका थिए।

तर, महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सादिप बेरोजगार भएको अहिले आठ महिना बितिसकेको छ। सादिपजस्तै फेवामा डुंगा खियाउने तीन सय हाराहारीका मजदुर कामविहीन छन्। उनीहरुमात्र होइन, फेवाको बीचमा रहेको तालबाराही मन्दिर पनि दर्शनार्थीको पर्खाईमा छ।

“कोरोनाले एकाएक बेरोजगार बनायो। घरको खर्च टार्नै नसकिने अवस्थामा पुगियो। चीनमा कोरोना आयो रे भनेदेखि ने कमाई घटन थालेको थियो। तर चैतमा लकडाउन भए यता त सबथोक बन्द छ,’ सादिपले देखापढीसँग भने।

फेवामा पर्यटकले डुंगामा सयर गरेवापत प्रतिव्यक्ति एक घण्टाको १४० रुपैयाँ तिर्नुपर्छ। सामान्यतया पाँच र सात यात्री अट्ने दुई थरी डुंगाले फेवामा पर्यटकलाई सेवा प्रदान गर्छन्। सिंगै डुंगा भाडामा लिनुपर्यो भने चाँही पाँच जना चढ्नेको प्रतिघण्टा ६६० तथा सात जना अट्नेको १ हजार २०० रुपैयाँ तिर्नुपर्छ।

सादिप पाँच जना चढ्ने डुंगा चलाउछन्। यात्रीबाट आएको शुल्कबापत कम्पनीलाई दिनुपर्ने निश्चित प्रतिसत रकम र कर कटाएर हुने आम्दानीमा कहिलेकाँही मनकारी पर्यटकले दिने टिप थपिन्थ्यो। पारिवारिक बजेटमा राम्रै योगदान भइरहेको थियो। फेवामै माछा मार्ने बाबु र डुंगा चलाउने दुई छोराको कमाईले घर राम्रैसँग चलिरहेको थियो। सब खुसी थिए।

“घरमा कमाउने हामी तीन बाबुछोरा थियौं। अहिले कसैले पनि कमाउन नसक्दा धेरै गाह्रो भएको छ। हेरिदिने कोही छैन,” उनले भने।

आज कमाएको आजै खर्च गर्ने बानीले पनि अप्ठेरो परेको उनको अनुभव छ। भन्छन्, “कमाएको बचत गर्ने बानी थिएन। आज कमाएको आजै खर्च गर्ने बानीले पनि दुःख पाइयो। कमाएकोबाट केही पैसा बचत गर्नुपर्ने रहेछ भन्ने शिक्षा मिलेको छ। फेरी कोरोना हटेर पहिलाजस्तै काम र आम्दानी भयो भने बचत गर्ने योजना बनाएका छौं।”

दुई दाजुभाईको कमाईमा सुख्खा लागे पनि बाबुले माछा मारेर तैबिसेक घर धानिरहेका छन्। सधै पर्यटकको घुइचो लाग्ने पोखरा सुनसान भए पनि स्थानीयको खपतमा थोरै माछा विक्री हुने भएकाले सादिपका बाबुको कमाई भने जसोतसो भएकै छ।

भदौ महिनाको सुरुदेखि लकडाउन हटाइएसँगै थोरै संख्यामा आन्तरिक पर्यटक पोखरा आउन थालेका छन्। त्यसअघि तालसँग साइनो नै तोडेका पोखरेलीहरु पनि विस्तारै समय कटाउन तालतिर घुम्न जान थाले। जसका कारण सादिप र उनका दाईसँगै अरु डुंगा चलाउनेको पनि यात्रु कुरेर समय कटिरहेको छ। फाट्टफुट्ट आउने यात्रुबाट दैनिक सरदर ५०० रुपैयाँ कमाई पनि हुन थालेको छ।

“हामी दाजुभाईको काम फाट्टफुट्ट सुरु भए पनि बुवाको कमाई पनि पहिलाभन्दा धेरै घटेको छ। खोप आउँछ, त्यसपछि पर्यटक पनि पोखरा घुम्न आउँछ भन्छन्। कहिले खोप आउला र पर्यटक आउलान, हामी पनि कमाउला जस्तो भइरहेको छ,” उनले भने।

" /> काठमाडौं। पोखराका १७ वर्षीय सादिप जलारीले फेवातालमा डुङ्गा खियाएर परिवार चलाउन थालेको डेढ वर्ष हुन लागिसक्यो।

"> डुंगा चालकलाई लकडाउनले दिएको ज्ञान: बचत गर्नुपर्ने रहेछ: Dekhapadhi
डुंगा चालकलाई लकडाउनले दिएको ज्ञान: बचत गर्नुपर्ने रहेछ

प्रतिक्रिया दिनुहोस्