लाहोर। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पीएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।
उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययतादेखि बिरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन्।
सो दलका उपसचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृहनगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ।
पूर्वप्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन्। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेको बताइएको छ।
छोरा बिरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्। उनलाई देशबाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन्।
उनी लन्डनमा पुगेपछि बिरामी परेको र उपचार गराइरहेको समाचारमा जनाइएको थियो। रासस/एएनआई
" /> लाहोर। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पीएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययतादेखि बिरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन्।

">