काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरूको तर्फबाट वकालत गर्दै आएका अभियानकर्मी उज्वलविक्रम थापाले एसिड आक्रमणको सिकार बनेकी आरती साहको अदालतले अस्पतालमै प्रतिनिधि खटाएर बयान लिनुपर्ने बताएका छन्।
आरती हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छिन्। अस्पतालले दिएको जानकारी अनुसार आरती उपचारपछि सामान्य रूपमा फर्किन अझै तीन/चार महिना लाग्न सक्ने भन्दै थापाले त्यसबेलासम्म न्याय दिलाउन ढिलाइ हुने बताए।
प्रहरीले एसिड प्रहार गरेको आरोपमा आरतीका श्रीमान् २४ वर्षीय सञ्जिव साहलाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनले एसिड प्रहार गरेकोसमेत प्रहरीसमक्ष स्वीकारी सकेका छन्।
आरोपीले अपराध गरेको स्वीकारेको अवस्थामा अदालतले प्रतिनिधि पठाएर बयान लिने काम गरे पीडितले न्याय सहज र छिटो पाउने अभियानकर्मी थापा बताउँछन्।
“आरती निको भएर जाँदा तीन/चार महिना लाग्ने अवस्था छ, नयाँ कानुनअनुसार एसिड आक्रमण गर्नेलाई दण्डित छिटो गरिनुपर्छ र त्यसका लागि आरतीसँग बयान लिन अदालतले प्रतिनिधि खटाउनुपर्ने देख्छु,” उनले देखापढीसँग भने, “न्याय दिलाउन ढिला गरे त्यसबीचमा थुप्रै फेरि त्यस्ता खालका घटनाहरू हुन सक्छन्।”
संशोधित फौजदारी कसूर कार्यविधिअनुसार एसिड प्रहारका घटनालाई जघन्य अपराधको रूपमा परिभाषित गरेको अवस्था छ। जहाँ घटनामा संलग्नलाई अपराध गरेवापत छुटको सम्भावना छैन।
कानुनतः आरतीमाथि एसिड प्रहार गरेको घटनामा पक्राउ परेका सञ्जिवले अपराध गरेको अदालतबाट ठहरेमा २० वर्ष कैद भुक्तान र १० लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ।
आरतीको बयान अदालतले अस्पतालमै प्रतिनिधि खटाएर लिए न्याय निरूपण सहज र छिटो अभियानकर्मी थापाको भनाइ छ। तर, अदालतले प्रतिनिधि खटाउँदा मैथिली भाषा बोलिचालीमा समस्या नहुने व्यक्ति खटाउनुपर्ने थापा बताउँछन्। किनभने, आरती नेपाली भाषा बुझ्दिनन्।
२४ वर्षीय सञ्जिव हाल प्रहरीको न्यायिक हिरासतमा छन्। उनलाई प्रहरीले घटनाबारे बयान लिइसकेको छ। पीडित आरतीको बयान भने लिन बाँकी छ।
यस्तो अवस्थामा आरतीको बयान अदालतले अस्पतालमै प्रतिनिधि खटाएर लिए न्याय निरूपण सहज र छिटो अभियानकर्मी थापाको भनाइ छ। तर, अदालतले प्रतिनिधि खटाउँदा मैथिली भाषा बोलिचालीमा समस्या नहुने व्यक्ति खटाउनुपर्ने थापा बताउँछन्। किनभने, आरती नेपाली भाषा बुझ्दिनन्।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पनि उपचाररत आरतीको कीर्तिपुर अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन्।
आरतीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार एसिडले आरतीको एउटा आँखामा गम्भीर क्षति पुगेको छ। जुन आँखा आरतीले गुमाउन सक्ने अवस्था रहन्छ।
तीन साता अगाडि आरतीमाथि धनुषाको जनकपुर उपमहानगरपालिका-७ स्थित जानकीनगरमा रहेको माइतीघरमै सञ्जिवले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट उनकी नाबालिका छोरी रिया पनि घाइते भइन्। उनी निको भएकी छिन्। तर, गम्भीर घाइते भएकी आरतीको उपचार भइरहेको छ।
घटनाको कारण पारिवारिक विवाद देखिएको छ। गत चैतदेखि सञ्जिव र आरती अलग-अलग ठाउँमा बस्दै आएका थिए।
" /> काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरूको तर्फबाट वकालत गर्दै आएका अभियानकर्मी उज्वलविक्रम थापाले एसिड आक्रमणको सिकार बनेकी आरती साहको अदालतले अस्पतालमै प्रतिनिधि खटाएर बयान लिनुपर्ने बताएका छन्।आरती हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छिन्। अस्पतालले दिएको जानकारी अनुसार आरती उपचारपछि सामान्य रूपमा फर्किन अझै तीन/चार महिना लाग्न सक्ने भन्दै थापाले त्यसबेलासम्म न्याय दिलाउन ढिलाइ हुने बताए।

">