काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता मुकेश चौरसियाको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ३८ वर्षीय अखिलेशप्रसाद भन्ने अश्वेशरप्रसाद चौरसियालाई आइतबार पक्राउ गरेको हो।
पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले वीरगञ्ज उपमहानगरपालिकाको वडा नम्बर-२५ को अलौसिर्सियाबाट पक्राउ गरिएको देखापढीलाई बताए।
पक्राउ परेको अखिलेश पर्साकै बिन्दवासिनी गाउँपालिका-३, इटियाहीका हुन्। सोमबार (आज) जिल्ला अदालत पर्सामा म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिने डीएसपी कुँवरले बताए।
“भारत सीमावर्ती क्षेत्र अलौसिर्सियाबाट उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो”, डीएसपी कुँवरले भने, “यसअघि नै मुद्दा दर्ता भएको छ, आज अदालतबाट म्याद थप अनुमति लिने र विस्तृत अनुसन्धान गर्छौं।”
नेता चौरसियाको हत्यामा संलग्न आरोपमा यसअघि नै तीनजना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेहरूमा उत्तम तिवारी, देवा सहानी र हनिश मियाँ रहेका छन्।
गत कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकामा शपथ ग्रहण कार्यक्रम आयोजना भएको थियो। सोही कार्यक्रममा झडप भएको थियो।
झडपमा परी गाउँपालिका सचिवसमेत रहेका चौरसिया गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो।
चौरसियाको हत्या घटनामा संलग्नत रहेकाे आरोपमा संविधानसभा सदस्य तथा नेकपा नेता राजकुमार गुप्ताविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
अब अझै ८ जना पक्राउ पर्न बाँकी छन्। उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी कुँवरले बताए।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता मुकेश चौरसियाको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ३८ वर्षीय अखिलेशप्रसाद भन्ने अश्वेशरप्रसाद चौरसियालाई आइतबार पक्राउ गरेको हो।

">