बिर्तामोडमा जीपको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौं। झापाको बिर्तामोड नगरपालिका-६, स्टाफचोकमा हिजो साँझ बलेरो जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री तेह्रथुमको आठराई गाउँपालिका-६ का २५ वर्षीय केवल खवास रहेका छन्।

पैदल हिँडिरहेका उनलाई हिजो साँझ सवा ६ बजे मे १ ज ३११९ नम्बरको बलेरो गाडीले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

गाडीसहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमानी झापाले नियन्त्रणमा लिएको छ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-३, त्रिवेणी चोकमा हिजो साँझ म्याजिक भ्यानको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन्। स्थानीय पोष्टबहादुर बिष्टको ४ वर्षीया छोरी सृष्टी घाइते भएकी हुन्।

विराटनगरस्थित न्युरो अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

इटहरीबाट तालतलैयातर्फ जाँदै गरेको को २ च ३११४ नम्बरको गाडीले हिजो साँझ साढे ६ बजे बालिकालाई ठक्कर दिएको थियो।

सवारी साधनसहित चालकलाई अस्थायी प्रहरी चौकी तालतलैयाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्