बागलुङ। बागलुङका सुन्तला कृषक अहिले चिन्तित भएका छन्।
पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन्।
सुन्तलाबाटै वार्षिक ६ लाख आम्दानी गर्दै आएका बागलुङ नगरपालिका-८, सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित छन्।
आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका खड्काले अहिले बोटबाट आधा सुन्तला औंसे कीराको प्रकोपले झर्न थालिसकेको बताए।
यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन्।
“बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भने, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो।”
सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका-६, बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए।
आधिकारिकरूपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ म्याग्दीका प्रमुख सुधीर थापाले जानकारी दिए।
“अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला”, थापाले भने, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौँ, अहिले त्यस्तो गुनासो आएमा औषधि प्रदान गर्नेछौँ।”
बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँलो भएर कीरा परेर झर्न थालेको छ।
यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको छ।
पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ-८, सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए। उनले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताए।
अहिले पहेँलो भएर झरेको सुन्तला औंसे कीराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए। अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरूपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ। रासस
" /> बागलुङ। बागलुङका सुन्तला कृषक अहिले चिन्तित भएका छन्।पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन्।

">