काठमाडौं। घरको कोठा भाडामा लिएर लागुऔषध ब्राउनसुगर बिक्री वितरण गरिरहेकाे अवस्थामा झापा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले सीताराम आङदेम्बे र मनिषा मगरलाई पक्राउ गरेको हो।
उनीहरू झापाकै सीमावर्ती मेचीनगर नगरपालिका-७, सिद्धार्थ टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
विशेष सूचनाको आधारमा दम्पती भाडामा बस्दै आएको घरको कोठा खानतलासी गर्ने क्रममा खैरो लेडिज ब्यागमा लागुऔषध ब्राउनसुगर १३ ग्राम बिक्री वितरण गरी राखेको र नगद एक लाख ३३ हजार रूपैयाँ तथा तीन थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।
दम्पतीको कोठामा खानतलासी गर्ने क्रममा कोठा अगाडिबाट शंकास्पद रूपमा मोटरसाइकल हाँकेर जान लागेको अवस्थामा ब्राउनसुगरसहित थप दुईजना पक्राउ गरेका छन्।
पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका-५ का २४ वर्षीय कल्याण राई र सोही ठाउँका १६ वर्षीय एक किशाेर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले कल्याणको साथबाट ५ ग्राम र लकान्द्रीको साथबाट १० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको बताए।
उनका अनुसार पक्राउ गरेका चारैजना, २८ ग्राम ब्राउनसुगर, मोटरसाइकल र नगद आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।
" /> काठमाडौं। घरको कोठा भाडामा लिएर लागुऔषध ब्राउनसुगर बिक्री वितरण गरिरहेकाे अवस्थामा झापा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले सीताराम आङदेम्बे र मनिषा मगरलाई पक्राउ गरेको हो।

">