पाँचजना जुवाडे पक्राउ

बाजुरा। बडिमालीका नगरपालिका-६ बस्ने ४० वर्षीय जय बडुवालको घरमा तास खेलिरहेको अवस्थामा बडुवालसमेत पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले नगद ११ हजार १८५ रूपैयाँसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।