अवैध रूपमा ल्याएको १०८ थान छालाको बेल्टसहित पक्राउ
<p>मोरङ। विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएको १०८ थान छालाको बेल्टसहित सोही ठाउँ बस्ने ३७ वर्षीया अरबिना खातुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उक्त स्थानमा नेपालतर्फ अवैध रूपमा सामानहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
