काठमाडौं। प्रहरीले धादिङ रूराङ गाउँपालिका-४ बेनिघाट घर भएका २९ वर्षीय सिताराम गुरुङलाई एक किलो ५०० ग्राम लागुऔषध पोल्याण्डसहित शनिबार राति पक्राउ गरेको छ।
उनी कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वी चोकस्थित विश्राम खाजा घर एण्ड गेष्ट हाउसमा बस्दै आएका थिए।
गुरुङले उक्त गेष्ट हाउसमा बसेर लागुऔषध किनबेच गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको १०८ नम्बर कोठा तलासी गर्दा उनले कालो झोलामा लुकाइ राखेको लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० स्थित राममन्दिर चोकको बाईपास सडकबाट नियन्त्रित लागुऔषध एक हजार २०० ट्याबलेट नाइट्राभेट र १०० एमएलको चार बोतल वानरेक्ससहित पर्सा पेटर्वा सुगौली गाउँपालिका-३ सुनबर्सा बैरिया बस्ने २४ वर्षीय अनिल मुखियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्जबाट नारायणघाटतर्फ आइरहेको ना ५ ख ५८६८ नम्बरको बस प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार अनिलको झोलाभित्र लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।