जुवा र तास खेलिरहेका २१ जना पक्राउ

काठमाडौं। तनहुँमा तास खेल्दै गरेको अवस्थामा १४ जना पक्राउ परेका छन्। जिल्लाको ब्यास नगरपालिका–१ हाइस्कुलटारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय प्रवीन चन्दको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको हो।

उनीहरूको साथबाट नगद ७४ हजार ४ सय ४५ रूपैयाँ र ५ बुक तास बरामद भएको प्रहरीले बताएको छ।

शनिबार राति भने प्रहरीले चितवनबाट ७ जनालाई कौडा खेल्दै गर्दा पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत पक्राउ परेका हुन्।

प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट गएको प्रहरी टोलीले पक्राउ गरेपछि उनीहरूको साथबाट नगद ७६ हजार २ सय ५० रूपैयाँ र कौडा बरामद गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जुवातास नियन्त्रण ऐन अन्तर्गत आइतबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्