काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-६ रमाइलो टोलबाट एकजना हतियारसहित पक्राउ परेका छन्।
हिजो साँझ प्रहरीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ का ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, तीन राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको छ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीबिरुद्ध हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
" /> काठमाडौं। मोरङको उर्लाबारी नगरपालिका-६ रमाइलो टोलबाट एकजना हतियारसहित पक्राउ परेका छन्।हिजो साँझ प्रहरीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ का ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, तीन राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको छ।

">