काठमाडौं। अमेरिकामा जो बाइडेनले राष्ट्रपति निर्वाचनमा जित हासिल गरेको दुई साता भइसकेको छ। तर, पनि डोनाल्ड ट्रम्प यो कुरा मान्न तयार देखिँदैनन्। के उनीसँग निर्वाचन नतिजा उल्टाउने कुनै योजना छ ?
ट्रम्पले चुनावी नतिजालाई चुनौती दिन अहिलेसम्म जेजति रणनीति प्रयोग गरे, त्यसले कुनै काम गरिरहेको छैन। ट्रम्पको टीमले दर्जनौं केस दर्ता गरे पनि अहिलेसम्म कुनै सबुत पेश गर्न सकेका छैनन्।
मिसिगनमा ट्रम्प क्याम्पेनले आफ्नो कानुनी चुनौती फिर्ता लिने तयारी गरेको उनका वकिल तथा न्युयोर्कका पूर्वमेयर रुडी ज्युलियानीले बिहीबार बताए। मिसिगनमा बाइडेनले एक लाख ६० हजार मतले ट्रम्पलाई हराएका छन्।
५० लाख मत दुई पटक गणना गरिएको जर्जिया राज्यमा पनि बाइडेनलाई १२ हजारभन्दा बढी मत मिलेको छ। राज्यले यसलाई स्वीकृत गरिसकेको छ। नतिजाबारे पटकपटक कानुनी लडाइँमा असफल भएका ट्रम्प अहिले राजनीतिक लडाइँतिर ध्यान दिन थालेका छन्।
ट्रम्पको रणनीति के हो ?
ट्रम्प सम्भवतः यी कुरा गर्न चाहिरहेका छन्-
ट्रम्प अहिले के गरिरहेका छन् ?
ट्रम्प अहिले ती व्यक्तिमाथि दबाब दिइरहेका छन्, जसले यो मामिलामा प्रभाव पार्न सक्छन्। तिनलाई राष्ट्रपतिमा आफूलाई जिताउन ट्रम्प अहिले पनि दबाब दिइरहेका छन्।
जब अमेरिकी नागरिक राष्ट्रपति पदका लागि निर्वाचनमा मत दिइरहेका हुन्छन्, उनीहरु राज्यस्तरमा मतदान गरिरहेका हुन्छन्, राष्ट्रियस्तरमा होइन। इलेक्टर्सहरु नागरिकले मतदान गरे अनुसार नै मत दिन्छन्। जस्तोः यदि मिसिगनमा बाइडेनले जिते भने त्यहाँका इलेक्टर्सले उनलाई नै मत दिन्छन्।
ट्रम्पलाई अलगअगल राज्यहरुमा दबाब दिनुपर्ने संकेत तब मिल्यो जब डेट्रोइटको नतिजालाई सर्टिफाई गर्न नमान्ने रिपब्लिकन अधिकारीले उनलाई फोन गरेर जानकारी दिए। तल्लो तहका दुई अधिकारीले राष्ट्रपतिसँग कुरा गरेर यसबारे जानकारी दिनु नै असामान्य घटना थियो।
के अब ट्रम्प सफल हुन्छन् ?
यो असम्भवचाहिँ होइन, तर अब सम्भावना निकै कम छ। कतिपय राज्यमा बाइडेनलाई ट्रम्पलाई लाखौं मतले हराइदिएका छन्। यो समय २००० को जस्तौ छैन, जतिखेर केवल फ्लोरिडा नै मुख्य राज्य थियो।
साथै, ट्रम्प जुन राज्यमा दृष्टि दिइरहेका छन् जस्तोः मिसिगन, विस्कन्सिन, पेन्सिल्भेनिया तथ नेभाडाजस्ता कतिपय राज्यमा डेमाक्रेटहरु गभर्नर छन्, तिनले ट्रम्पले जे भन्यो त्यही मानेर बस्ने छैनन्।
ट्रम्पले लिएको बाटो कानुनी हो ?
ट्रम्पले आफ्नो कार्यकालको अधिकांश समय राष्ट्रपति पदको परम्परा तोड्नमा बिताए। यस्तो देखिँदैछ, उनी कार्यकालको अन्तिम समय पनि त्यसै गर्न चाहिरहेका छन्।
ट्रम्प चुनाव अधिकारीहरू तथा राज्यका प्रतिनिधिमाथि दबाब दिइरहेका छन्, यस्तो अवस्था अमेरिकामा यसअघि कहिल्यै देखिएको थिएन। यो कार्य विवादास्पद हो, तर गैरकानुनी भने होइन।
अमेरिकामा पहिलापहिला राज्यका प्रतिनिधिको शक्ति अधिक थियो, आफूले कसरी इलेक्टोरल मत दिने निर्णय गर्न सक्थे। अहिले पनि लोकप्रिय मत बढी ल्याउनेलाई नै इलेक्टोरल दिनुपर्छ भन्ने संवैधानिक बाध्यता छैन। तर, पनि प्रतिनिधिहरुले लोकप्रिय मतकै आधारमा इलेक्टोरल दिएको देखिन्छ। कानुन राष्ट्रिय र राज्यस्तरमा पनि अस्पष्ट रहेको देखिन्छ।
के अब निर्वाचनसँग सम्बन्धित कानुन राज्यले परिवर्तन गर्न सक्छ? यसको अन्तिम फैसला गर्ने अधिकारचाहिँ न्यायाधीशहरुलाई नै छ।
यस्तो घटना २००० मा पनि देखिएको थियो। त्यसबखत जर्ज बुस र अल गोर प्रतिस्पर्धामा उत्रिएका थिए। फ्लोरिडामा सयजति मतको अन्तर थियो। सुप्रिम कोर्टले दबाब दिया र बुस राष्ट्रपति बने।
१८७६ मा रिपब्लिकनका रदरफोर्ड हेयस र डेमोक्रेट स्यामुअल टिलडन चुनाव लडिरहेका थिए। फ्लोरिडा, लुसियाना, साउथ क्यारोलाइनाको इलेक्टोरल कलेजमा कसैले पनि बहुमत पाएनन्।
यो विषय तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा पुग्यो, त्यहाँ हेयसतर्फ रुझान देखियो। र, हेयसले त्यसैगरी पद पाए जसरी २००० मा बुस र २०१६ मा ट्रम्पले पाएका थिए।
ट्रम्पले पद छाडेनन् भने के हुन्छ ?
ट्रम्पले चालेका उल्लिखित कदमहरु सबै असफल भ एभने जनवरी २० तारिख दिनको १२ बजेर १ मिनेट जाँदा जो बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्ने छन्, चाहे ट्रम्पले हार मानून् या नमानून्।
त्यसबखत सिक्रेट सर्भिस र अमेरिकी सेना पूर्वराष्ट्रपतिमाथि त्यस्तै व्यवहार गर्न स्वतन्त्र छ जस्तो कोही सरकारी सम्पत्तिमा उभिएको अनधिकृत व्यक्तिमाथि गर्न सक्छ।
बिहीबार पत्रकार सम्मेलनमा बाइडेनले भनेका थिए, ‘‘यो अपसोचको कुरा हो, जुन ट्रम्प गरिरहेका छन्। उनी लोकतन्त्रबारे संसारमा हानिकारक सन्देश फैलाइरहेका छन्।’’
ट्रम्प यदि असफल भए भने पनि आगामी निर्वाचनका लागि यस्तो सन्देश फैलाइरहेका छन्, जसले अमेरिकी नागरिक र अमेरिकी लोकतन्त्र तथा संस्थाहरूमाथिको विश्वासलाई कमजोर बनाउने छ।
(बीबीसी)
" /> काठमाडौं। अमेरिकामा जो बाइडेनले राष्ट्रपति निर्वाचनमा जित हासिल गरेको दुई साता भइसकेको छ। तर, पनि डोनाल्ड ट्रम्प यो कुरा मान्न तयार देखिँदैनन्। के उनीसँग निर्वाचन नतिजा उल्टाउने कुनै योजना छ ?ट्रम्पले चुनावी नतिजालाई चुनौती दिन अहिलेसम्म जेजति रणनीति प्रयोग गरे, त्यसले कुनै काम गरिरहेको छैन। ट्रम्पको टीमले दर्जनौं केस दर्ता गरे पनि अहिलेसम्म कुनै सबुत पेश गर्न सकेका छैनन्।

">