काठमाडौं। तिब्बतका निर्वासित सरकार प्रमुख डा. लोबसाङ सांगे ह्वाइट हाउस पुगेका छन्। उनले शुक्रबार ह्वाइट हाउसका तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग कुराकानी गरेका छन्।
तिब्बतका निर्वासित नेताले ६ दशकमा गरेको यो पहिलो आधिकारिक अमेरिका यात्रा हो।
अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार तिब्बती नेताको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप खराब हुन सक्छ।
केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले यसलाई ऐतिहासिक कदम मानेको छ। यसबाट सीटीएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुवैलाई अन्तर्राष्ट्रिय मान्यता मिल्ने छ। सीटीएको मुख्यालय भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा रहेको छ।
सीटीए प्रवक्ता भन्छन्, ‘‘हामीलाई खुसी यसमा लागेको छ कि, दुवै लोकतन्त्र एकअर्कालाई मान्यता दिइहरेका छन्। सीटीए र यसका नेतालाई ह्वाइट हाउसमा स्वागत हुनुलाई एक असल सुरूआत मान्न सकिन्छ। आशा छ, आगामी दिनमा अमेरिकाका अधिकारीहरुसँग सीटीएको छलफल अघि बढ्ने छ।’’
(बीबीसी)
" /> काठमाडौं। तिब्बतका निर्वासित सरकार प्रमुख डा. लोबसाङ सांगे ह्वाइट हाउस पुगेका छन्। उनले शुक्रबार ह्वाइट हाउसका तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग कुराकानी गरेका छन्।तिब्बतका निर्वासित नेताले ६ दशकमा गरेको यो पहिलो आधिकारिक अमेरिका यात्रा हो।

">