तुलसीपुर। दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ। हिजो साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो।
टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका-११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो। उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो। भण्डारी लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर-११ का वडा सदस्य सुवास डाँगीले बताए।
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। उनी नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन्। रासस
" /> तुलसीपुर। दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ। हिजो साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो।टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका-११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो। उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो। भण्डारी लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर-११ का वडा सदस्य सुवास डाँगीले बताए।
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। उनी नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन्। रासस
">