टीकापुर। विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन्। लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ।
कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन्। “हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ/दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्”, उनी भन्छन्, “विद्यालय बन्द भएको आठ महिना भयो। विद्यार्थी फुर्सदिला भएका छन्। अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ।”
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंको तथ्याङ्कमा २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन्। गत वर्ष नेपालभर सबै उमेरका एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ताको तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन्।
लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ। साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंका प्रहरी उपरीक्षक कृष्णकुमार महत बताउँछन्। “बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ”, उनी भन्छन्, ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ। किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ।”
शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४/७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन्। यद्यपी लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन।
बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताउँछन्।
" /> टीकापुर। विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन्। लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ।कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन्। “हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ/दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्”, उनी भन्छन्, “विद्यालय बन्द भएको आठ महिना भयो। विद्यार्थी फुर्सदिला भएका छन्। अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ।”

">