एजेन्सी। भारतको चेन्नई अदालतले ७ वर्षअघि बलात्कार आरोप लागेका एकजनालाई १५ लाख रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ।
डिएनए परीक्षणमार्फत् उक्त व्यक्ति निर्दोष साबित भएपछि उनले सो झुठो आरोपबाट आफ्नो जीवन र क्यारियरमा धक्का पुगेको भन्दै ३० लाख रूपैयाँ क्षतिपूर्ति माग गरेका थिए। अदालतले उनको याचिकालाई आंशिक रूपमा मान्दै १५ लाख क्षतिपूर्ति दिन आदेश गरेको हो।
आफूलाई बलात्कारको आरोप लगाउने महिला, उनका अभिभावक र सेक्रेटरियट कोलोनीका इन्स्पेक्टरविरुद्ध उनले क्षतिपूर्तिको माग गरेका थिए। उनका तर्फका वकिल ए सिराजुद्दिनले दुवै पक्ष छिमेकी भएको बताएका छन्।
तर पछि सम्पत्ति विवादका कारण दुवै परिवारबीच मनमुटाव भएको थियो। त्यसयता अर्को ठाउँमा बस्न गई इन्जिनियरिङ कलेज पढ्न थालेका केटालाई महिलाकी आमाले आफ्नी छोरीसँग सम्बन्ध राखी गर्भवती बनाएकाले विवाह गराउनुपर्ने माग राखेका थिए।
सम्बन्ध रहेको अस्वीकार गरेपछि महिला पक्षले बलात्कारको आरोप लगाएका थिए। सो आरोपमा प्रहरीले उक्त व्यक्तिलाई ९५ दिन हिरासतमा लिएको थियो। सन् २०१० फेब्रुवरी १२ का दिन उनी जेलमुक्त भएका थिए। त्यतिञ्जेल उक्त महिलाले बच्चा जन्माइसकेका थिए।
पछि डिएनए परीक्षणबाट आरोपी निर्दोष साबित भएपछि चेन्नईको महिला अदालतले उनलाई सफाइ दिएको हो।
" /> एजेन्सी। भारतको चेन्नई अदालतले ७ वर्षअघि बलात्कार आरोप लागेका एकजनालाई १५ लाख रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ।डिएनए परीक्षणमार्फत् उक्त व्यक्ति निर्दोष साबित भएपछि उनले सो झुठो आरोपबाट आफ्नो जीवन र क्यारियरमा धक्का पुगेको भन्दै ३० लाख रूपैयाँ क्षतिपूर्ति माग गरेका थिए। अदालतले उनको याचिकालाई आंशिक रूपमा मान्दै १५ लाख क्षतिपूर्ति दिन आदेश गरेको हो।

">