राष्ट्रपतिले अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेटिन्
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य स्थितिमा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

“राष्ट्रपतिले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गर्नुभयो”, थापाले भने ।

प्रधानमन्त्री ओलीको १० मंसीरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि प्रधानमन्त्री ओलीको को सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्