काठमाडौं। अर्घाखाँचीका ३३ वर्षीय विष्णु आचार्यले जैसी देवलमा दुनोट व्यवसाय गर्न थालेको १० वर्षभन्दा बढी भयो। व्यवसाय सुरू गरेदेखि उनले अहिलेको जस्तो अवस्था यसअघि भोगेका थिएनन्।
व्यवसाय सुरू गरेदेखि नै राम्रो कमाइ गर्दै आएका उनले मासिक सरदर ३५ हजार रूपैयाँ आम्दानी गर्दै आएका थिए।
तर, गत वर्षदेखि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अन्य व्यवसायजस्तै उनको व्यवसाय थलिएको छ।
कोरोना महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा गरेको थियो। तीन महिनापछि लकडाउन त खुल्यो तर उनको व्यवसाय उठ्न सकेको छैन।
लकडाउन र निषेधाज्ञापछि खुलेको पसलको दैनिक कमाइले सटर भाडा पनि तिर्न नपुग्ने आचार्यले बताए।
“सरकारले लकडाउन घोषणा गरेपछि चैत ११ गतेदेखि बन्द भएको पसल असार ११ गतेसम्म पूर्णरूपमा बन्द गरेँ। असार ११ देखि खोले पनि व्यवसाय पहिलेको जस्तो हुन सकेको छैन,” आचार्यले भने।
आचार्यले साउन अन्तिम सातादेखि निरन्तर पसल खोल्दै आएका छन्। तर, बजारमा दुनोटको माग लकडाउनअघिको जस्तो छैन।
दुनोटको व्यापार २०७२ सालको भुइँचालोदेखि घट्न थालेको थियो। विस्तारै पुरानै लयमा दुनाेट व्यापार फर्किंदै थियो। यहीबीचमा कोरोनाले फेरि व्यापार पछाडि धकेलिदिएको छ।

“लकडाउन र निषेधाज्ञापछि खुलेको पसलबाट दैनिक मुस्किलले एक हजार रूपैयाँ जतिको कारोबार हुँदै आएको छ। त्यसमध्ये ७०० रूपैयाँ जति दुनोटको सामग्री जुटाउनै खर्च हुन्छ,” आचार्यले दुःखेसो पोखे। पीठो, तेल, ग्यास र चिनी किन्दा उक्त रकम खर्च हुने गर्छ।
दैनिक रूपमा ३०० रूपैयाँका दरले मासिक ९ हजार रूपैयाँ बचत हुन्छ। उक्त रकमले मासिक १२ हजार रूपैयाँ रहेको सटरभाडा तिर्न पनि पुग्दैन।
“प्रतिगोटा दुनोट आठ रूपैयाँमा बेच्दै आएको छु। त्यसबाट प्रतिगोटा दुई रूपैयाँजति बच्छ। बिक्री भइसकेको दुनोट पनि फिर्ता आउने सम्भावना हुन्छ। दुनोट फिर्ता आउँदा झन् घाटा हुन्छ,” उनले भने।
सरकारले अरू केही नगरे पनि लकडाउन र निषेधाज्ञा अवधिको भाडा छुट गराइदिएको भए व्यवसाय धान्न सहज हुने उनको अपेक्षा छ। तर, त्यतातिर सरकारको ध्यान नगएको उनको बुझाइ छ।
अहिलेको कमाइले सटरभाडा तिर्न नपुगेकाले चारजनाको परिवार पाल्न झनै मुस्किल परेको छ उनलाई। अन्य कुनै पेसा नजानेकाले तत्काल यो व्यापार छाड्न सक्ने अवस्थामा पनि उनी छैनन्।
अझै एक वर्षसम्म आम्दानी नभए पनि यही व्यवसायलाई निरन्तरता दिने पक्षमा आचार्य छन्। “वर्ष दिनसम्म पनि स्थिति सामान्य भएन भने पेसाबाट पलायन हुनुको विकल्प छैन। त्यसपछि सम्भवतः उपत्यका नै छाड्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने।
" /> काठमाडौं। अर्घाखाँचीका ३३ वर्षीय विष्णु आचार्यले जैसी देवलमा दुनोट व्यवसाय गर्न थालेको १० वर्षभन्दा बढी भयो। व्यवसाय सुरू गरेदेखि उनले अहिलेको जस्तो अवस्था यसअघि भोगेका थिएनन्।व्यवसाय सुरू गरेदेखि नै राम्रो कमाइ गर्दै आएका उनले मासिक सरदर ३५ हजार रूपैयाँ आम्दानी गर्दै आएका थिए।

">