काठमाडौँ। नेपाल सरकारले गैरकानूनी रूपमा बस्दै आएका तीन विदेशीलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो।
सरकारले निष्कासन गरेकामा एकजना अष्ट्रेलिया र दुईजना यमनका नागरिक छन्।
सरकारले गैरकानूनी रूपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटलाई उनले बुझाउन पर्ने विलम्ब शुल्क १२ हजार ७३० अमेरिकी डलर र अधिकतम जरिवाना ५० हजार रूपैयाँ मिनाहा गरी निष्कासन गरेको हो।
यस्तै, गैरकानूनी रूपमा नेपालमा बस्दै आएका यमनका नागरिक मोहम्मद इस्मेल अहमद ओबादी र नसिम इस्मेल अहमद ओबादीलाई उनीहरूले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी डलर र अधिकतम जरिवान १ लाख रूपैयाँसमेत मिनाहा गरी सरकारले नेपालबाट निष्कासन गर्ने निर्णय गरेको हो।
" /> काठमाडौँ। नेपाल सरकारले गैरकानूनी रूपमा बस्दै आएका तीन विदेशीलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो।सरकारले निष्कासन गरेकामा एकजना अष्ट्रेलिया र दुईजना यमनका नागरिक छन्।

">