काठमाडौं। ललितपुर महानगरपालिका–१४ को थसिखेलबाट तास खेल्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उत्तमबहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा ६० वर्षीय राजकुमार महत लगायत बिहीबार दिउँसो पक्राउ परेका हुन्। महत सोही ठाउँका हुन्।
प्रहरीले खालबाट नगद १ लाख १३ हजार ३ सय ५५ रूपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
जुवातास नियन्त्रण ऐन अन्तर्गत उनीहरूविरुद्ध प्रहरीले मुद्दा बिहीबार नै दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।