प्रतिकात्मक तस्वीर।
गेष्ट हाउसमा बसेकी युवतीको कोठाबाट १० किलो लागूऔषध बरामद <p>काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिका&ndash;१ बुर्तिबाङ बजारमा रहेको निसी भलकोट सन्दीप गेष्ट हाउसको १ नम्बर कोठाबाट १० किलो लागूऔषध जस्तो देखिने कालो पदार्थ प्रहरीले बरामद गरेको छ।&nbsp;</p> <p>इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले युवती बस्ने उक्त कोठाको चाबी फुटाई कोठामा खोजतलास गरेको थियो। सो क्रममा लागूऔषध जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>कालो पदार्थ फेला परेको कोठामा २८ वर्षीया रमिता घर्तीमगर बस्थिन्। उनी रूकुमको महिकोट गाउँपालिका&ndash;२ कि हुन्।&nbsp;</p> <p>प्रहरीका अनुसार रमिता फरार छिन्। उनको खोजी कार्य प्रहरीले गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्