पुल माग्दै अनशन
काठमाडौं। बैतडीका वासिन्दाले नेपाल–भारत सीमानाको झुलाघाटमा मोटरेबल पुल निर्माणको माग राखेको दुई दशक वितिसक्यो। जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र हरेक सरकारलाई उनीहरुले ज्ञापन–पत्र बुझाएर घच्घच्याइरहे। तर, अहिलेसम्म सुनुवाइ भएको छैन।

पुल निर्माण गर्न राज्य संवेदनशील नबनेपछि स्थानीयवासी १४ दिनदेखि रिले अनशन बसिरहेका छन्। २२ भदौदेखि उनीहरुले थालेको रिले अनशन पुल निर्माणको माग सम्बोधन नभएसम्म जारी राख्ने  बताएका छन् । “हामी निकै पीडामा छौं, पुल बनाइदिन माग राखेको वर्षौ भइसक्यो राज्यले सुन्दैन।” बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले भने। उनले पुल नहुँदा नेपाल भारत दुवै तर्फका नागरिकले दुःख पाइरहेकाले सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

स्थानीयले नेपालतर्फको बजारलाई जुलाघाट र भारततर्फको बजारलाई झुलाघाट भन्ने गरेका छन्। नेपालतर्फका सर्वसाधारणको औषधी उपचारदेखि लिएर दैनिक उपभोग्य वस्तुका सामान खरिद गर्ने स्थल त्यहि झुलाघाट बजार हो।

बैतडीमा उत्पादन भएका कृषि उपजका वस्तुसमेत बिक्रीका लागि लैजान सहज नभएको भन्दै व्यापारीहरु मोटरेबल पुल निर्माण भए यस ठाउँलाई व्यापारिक नाकाको रुपमा विस्तार गर्न सकिने बताउँछन् । पुल निर्माण भएमा बैतडीमा रहेका धार्मीकस्थलहरुमा धार्मीक पर्यटक भित्र्यान सहज हुने स्थानीयको विश्वास छ।

भारतको ईस्ट इण्डिया कम्पनीले सीमावर्ती महाकाली नदीमा बनाएको झोलुंगे पुलबाट अहिले दुवै देशका नागरिक आवतजावत गर्छन्। डेढ सय वर्ष पुरानो त्यो पुलसमेत जीर्ण हुँदा उनीहरु जोखिम मोलेर आवतजावत गर्न वाध्य छन्।

सांसद र नेताहरुद्धारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

झुलाघाटको पक्की पुलको विषयलाई लिएर जिल्लाबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीसहितका नेताहरुले ४ असोजमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरेर पुल निर्माणको लागि ध्यानाकर्षण गराएका छन् ।

“हामीले मन्त्री ज्यूलाई भेटेर सबै समस्याका बारेमा अवगत गराएका छौं, उहाँले यस विषयमा कुटनीतिक पहल थाल्ने र आफू पुल निर्माणका लागि गम्भीर हुने आश्वासन दिनुभएको छ ।” सांसद भण्डारीले भने ।

सांसद भण्डारीका अनुसार पूर्व सभासद रेणु चन्द र पुरनसिंह दयालसहित मन्त्रीको ध्यानाकर्षणको लागि गएको टोलीलाई मन्त्री ज्ञवालीले नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा पुल निर्माण गर्ने विषयमा मन्त्रीस्तरीय बैठकमा समेत छलफल भएको जानकारी गराएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्