सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का अनुसार बिहीबार दिउँसो पिकअपले ठक्कर दिदा अटोमा सवार एक जनाको मृत्यु भएको छ।

सरावल गाउँपालिका–१ बासा चोकमा प्रदेश ३–०१–०२३ च ५७६६ नम्बरको बोलेरो पिकअपले लु.१ ह ८१० नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ५५ वर्षीय दुर्गाबहादुर विकको मृत्यु भएको हो।

उनी तिलोत्तमा नगरपालिका–११ का हुन्। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अटोका चालक समेत अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो नै रामेछापको सुनापती गाउँपालिका–४ बेलडाँडामा बोलेरो जीप दुर्घटना हुँदा १२ वर्षीया सुजता श्रेष्ठको मृत्यु भएको छ।

बा.१० च ५५९८ नम्बरको बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बलेरोमा सवार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही सुनापाती गाउँपालिका–१ गुन्सी भदौरेकी हुन्।

दुर्घटनामा घाइते भएका बलेरोमा सवार अन्य १२ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा २ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ बानटोलमा अस्थायी नम्बर प्लेटको बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

सोही ठाउँका १२ वर्षीया रवी सहनीको मृत्यु भएको हो बिहीबार साँझ ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि गोदावरी हेल्थकेयर बयलवासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१२ मा ना.६ ख ५०६९ नम्बरको बसले अन्नटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार उदयपुर चौबन्दी गढी नगरपालिका–९ की ६५ वर्षीया जगतमाया खडकाको मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच सुर्खेतको गुर्र्भाकोट नगरपालिका–९ बोटेचौरमा ना.८ ख २३१४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको छ।

ठक्करबाट घाइते भएका आठ वर्षीय छोरा भीमबहादुर खड्का र एक वर्षीय छोरा भुवन खड्काको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्