काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० (मंसिर २५) का दिन आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ।

यस क्रममा २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरू अमेरिका, रूस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडाैंस्थित ९ वटा दूतावास अगाडि एकसाथ मध्यान्ह्र १२ बजेदेखि आधा घण्टा प्रदर्शन गरिने समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरूको दूतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरूलाई दूतावासमार्फत् ज्ञापनपत्र बुझाइने समाजले जनाएको छ।

अमेरिकी दूतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चिनियाँ दूतावास अगाडि सभापति उत्तम पुडासैनी, रूसी दूतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दूतावास अगाडि संस्थापक महासचिव सुवास ढकालले नेतृत्व गर्नेछन्।

यस्तै फ्रेन्च दूतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दूतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दूतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दूतावास अगाडि काठमाडाैं शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दूतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जाराले प्रदर्शनको नेतृत्व गर्ने जनाइको छ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा दर्जनौं जिल्लामा प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ।

" /> काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० (मंसिर २५) का दिन आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ।

यस क्रममा २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरू अमेरिका, रूस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडाैंस्थित ९ वटा दूतावास अगाडि एकसाथ मध्यान्ह्र १२ बजेदेखि आधा घण्टा प्रदर्शन गरिने समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरूको दूतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरूलाई दूतावासमार्फत् ज्ञापनपत्र बुझाइने समाजले जनाएको छ।

अमेरिकी दूतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चिनियाँ दूतावास अगाडि सभापति उत्तम पुडासैनी, रूसी दूतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दूतावास अगाडि संस्थापक महासचिव सुवास ढकालले नेतृत्व गर्नेछन्।

यस्तै फ्रेन्च दूतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दूतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दूतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दूतावास अगाडि काठमाडाैं शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दूतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जाराले प्रदर्शनको नेतृत्व गर्ने जनाइको छ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा दर्जनौं जिल्लामा प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ।

"> अमेरिका, रूस, चीनसहित ९ देशका दूतावास अगाडि एकसाथ प्रदर्शन गरिने: Dekhapadhi
अमेरिका, रूस, चीनसहित ९ देशका दूतावास अगाडि एकसाथ प्रदर्शन गरिने
काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० (मंसिर २५) का दिन आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ।

यस क्रममा २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरू अमेरिका, रूस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडाैंस्थित ९ वटा दूतावास अगाडि एकसाथ मध्यान्ह्र १२ बजेदेखि आधा घण्टा प्रदर्शन गरिने समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरूको दूतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरूलाई दूतावासमार्फत् ज्ञापनपत्र बुझाइने समाजले जनाएको छ।

अमेरिकी दूतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चिनियाँ दूतावास अगाडि सभापति उत्तम पुडासैनी, रूसी दूतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दूतावास अगाडि संस्थापक महासचिव सुवास ढकालले नेतृत्व गर्नेछन्।

यस्तै फ्रेन्च दूतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दूतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दूतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दूतावास अगाडि काठमाडाैं शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दूतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जाराले प्रदर्शनको नेतृत्व गर्ने जनाइको छ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा दर्जनौं जिल्लामा प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्