बाँके प्रहरीकाे हिरासतमा रहेका थुनुवा मृत फेला
<p>बाँके। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा मृत फेला परेका छन्। </p>
<p>बाँके वनकटीका बाबुलाल रैदास आज बिहान साढे ५ बजे झुण्डिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ। </p>
<p>अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यानसम्बन्धी मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
