चितवनमा चाडपर्वका समयमा दुर्घटना बढी

चितवन। चितवनमा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ।

दसैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ।

तीमध्ये १० जनाकाे मृत्यु कात्तिक महिनामा मात्रै भएका हुन्।

कात्तिकमा दसैँ र मंसीर १ गते तिहार परेको थियो। साउनमा आठ, भदौमा तीन र असोजमा ९ जनाको मृत्यु भएको छ।

चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा १८३ सवारी संलग्न छन्। गत आव २०७६/७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो।

सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको भट्टले बताए। उनका अनुसार चालकको लापरबाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्