काठमाडौं । झापाबाट दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका वडा नम्बर–१५ ज्यामिरगढीका २४ वर्षीया विष्णु राजवंशी र सोही नगरपालिकाको पानवस्तीका १८ वर्षीय सागर पाहान बिहीबार बेलुकी पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले ब्राउनसुगर ११ दशमलव ६ ग्राम बरामद गरेको छ। प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिकाको हेल्दुबारीमा उनीहरू सवार बा ३८ प ३८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ब्राउनसुगर फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले नेपाली ८१ हजार एक सय रूपैयाँ र भारतीय एक सय १० रूपैयाँसँगै मोबाइल दुई थान पनि बरामद गरेको छ।
दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा प्रहरीले पठाएको छ।