काठमाडौं। धादिङको धुनिबेशीं नगरपालिका–८ खानिखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
ना ६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ का रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
बुधबार साँझ नै चितवनको इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ग ७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा २६ वर्षीय भेषबहादुर क्षेत्रीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
उनी पर्वतको कुस्मा नगरपालिका–१४ का हुन्। दुर्घटनामा परी सोही मोटरसाइकलका चालक पर्वतको कुस्मा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल विकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, रोल्पाको सुनीलस्मृती गाउँपालिका–८ तल्लोपानीमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्णराहु मगरको बुधबार राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्नको खोजी गर्ने क्रममा लु.१ ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
बुधबार बेलुका नै कैलालीको धनगढी उपमहानगरपालिका–३ पुरुवाल पेट्रोलपम्प नजिक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
ना ५ ख ८९३२ नम्बरको बसले भे.९ प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलादीका २१ वर्षीया तुल्सी पौडेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। धादिङको धुनिबेशीं नगरपालिका–८ खानिखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।ना ६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ का रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

">