काठमाडौं। साथीको घरमा जाँदै गर्दा धनुषामा एक किशोरी बलात्कृत भएकी छिन्। उनलाई उखुबारीमा लगेर तीन जना युवाले बलात्कार गरेको बताइएको छ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले बुधबार राति एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय राजेश महतो रहेका छन्। उनी महोत्तरीको बर्दिबासका हुन्।
बलात्कार गरेको आरोप लागेका अन्य दुई जना फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोबिरुद्ध भने प्रहरीले जबर्जस्ती करणी सम्बन्धीको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
" /> काठमाडौं। साथीको घरमा जाँदै गर्दा धनुषामा एक किशोरी बलात्कृत भएकी छिन्। उनलाई उखुबारीमा लगेर तीन जना युवाले बलात्कार गरेको बताइएको छ।बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले बुधबार राति एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय राजेश महतो रहेका छन्। उनी महोत्तरीको बर्दिबासका हुन्।

">