काठमाडौं। गएको कात्तिक २९ गते शनिबार धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–७ को जानकीनगरस्थित माइतीघर बस्दै आएकी आरती साह र उनकी तीन वर्षीया छोरी रियामाथि एसिड प्रहार भयो।

एसिड प्रहार गर्ने आरतीकै श्रीमान् सञ्जीव साह रहेको खुल्यो। पारिवारिक विवादका कारण सञ्जीवले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको धनुषाका प्रहरी प्रवक्ता मुकेन्द्रकुमार मिश्रले बताए।

०००

२०७६ जेठ १ गते काठमाडौंको कालोपुलमा बस्दै आएकी जेनी खड्कामाथि एसिड प्रहार भयो। उनी गम्भीर घाइते भइन्।

अनुसन्धान गर्दै जाँदा प्रहरीले उनका श्रीमान् विष्णु भुजेललाई पक्राउ ग¥यो। यो घटनामा पनि पारिवारिक कारण नै देखिएको महानगरीय अपराध महाशाखाले जनायो।

०००

२०७७ साउन ९ गते काठमाडौंको डल्लुमा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भयो। सीतापाइलामा खाजा खाएर कोठा जाँदै गरेकी उनीमाथि एसिड आक्रमण भएको थियो।

सीसी टिभी क्यामेरामा कैद फुटेजका आधारमा प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो। उनीहरू थिए, रौटहटका मोहम्मद आमल र भारतीय नागरिक मुन्ना मोहम्मद।

अनुसन्धान गर्दै जाँदा प्रहरीले मोहम्मद आलमले पवित्रालाई मन पराएको, एकतर्फी प्रेम गरेको तर, पवित्राबाट सकारात्मक ‘रेस्पोन्स’ नआएपछि उनले मुन्नालाई एसिड प्रहार गर्न लगाएको खुलेको थियो।

०००

२०७६ भदौ २० गते वीरगञ्जमा स्कुल जाँदै गरेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि गणेशमान चोक जाने बाटोमा रहेको सैलुनमा बसिरहेकामध्येका एक युवकले एसिड प्रहार गरे।

प्रहरीले एसिड प्रहार गर्ने वीरगञ्ज–२ का सम्साद मियाँलाई पक्राउ ग¥यो। घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले एसिड आक्रमण गर्नुको कारण “आफूलाई प्रेम नगरेको” भन्ने निहुँ रहेको पायो।

०००

यी नेपालमा भएका एसिड आक्रमणका प्रतिनिधिमूलक घट्नाहरू हुन्।

उल्लिखित चार घटनामध्ये अघिल्ला दुई घटना एसिड प्रहार गर्नुको पछि पारिवारिक कारण जोखिएका घटना हुन्। र, पछिल्लो दुईवटा घटना एकोहोरो प्रेममा पर्नुको कारणले भएको देखिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायत एसिड प्रहारका अधिकांश घटना ‘लभ ट्राजेडी र पारिवारिक विवाद’ बाट भएको देखिएको बताउँछन्।

सोचेजस्तो नहुनेबित्तिकै बदला लिने मनशायले एसिड प्रहार गर्ने जस्ता अपराध गर्न पुगेको घटनाक्रमहरूले देखाएको प्रवक्ता कडायतले बताए।

एसिड आक्रमणको तथ्यांक

एसिड आक्रमणसम्बन्धी घटनाको तथ्यांक नेपाल प्रहरीसँग २०७१ सालयताको छ। त्यसअघिको छैन।

आपराधिक मानिएको एसिड आक्रमणसम्बन्धी घटनाको तथ्यांक त्यसअघिको नहुनुले घटना नै नभएको बुझ्न सकिन्छ।

तर, २०७१ सालपछि बर्सेनि एसिड आक्रमणका घटनाहरू हुँदै आएका छन्। त्यसको बढी सिकार महिला भएका छन्। पुरूष निकै कम छन्। अर्थात् पीडक पुरूष बढी छन्। महिला पीडक भने नगण्य छन्। र, एसिड प्रहारबाट दुई जनाको ज्यान गएको छ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा एसिड प्रहारका चार वटा घटना घटे। त्यसको पछिल्लो आर्थिक वर्ष २०७२/७३ मा दुई वटा घटना हुँदा २०७३/७४ मा घटेर एउटा घटना भयो।

यो आपराधिक घटना फेरि उकालो लागेको छ। आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ मा समान चार-चार वटा एसिड आक्रमणका घटना घटेको देखिएको छ।

चालु आर्थिक वर्ष २०७७/७८ मा पनि एउटा घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताए।

यी घटनाहरूबाट हालसम्म १८ जना महिला पीडित भएका छन्। पीडित पुरूष चार जना छन्। पीडक पुरूष २५ जना हुँदा महिला दुई जना छन्।

हालसम्म दुई जना महिलाको एसिड आक्रमणबाट ज्यान गएको छ। ज्यान जाने गरी एसिड आक्रमण गरेको घटनामा संलग्न दुई जनाले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका छन्।

१३ जनाले ज्यान मार्ने उद्योगमा मुद्दा खेप्दा चार जनाले एसिड आक्रमणसँगै अंगभंग गरेको आरोपमा मुद्दा खेप्दै आएका छन्।

कडा सजायको व्यवस्था

यस्तो अपराधलाई सरकारले असोजमा फौजदारी कसूरसम्बन्धी कार्यविधि संशोधन गर्दै जघन्य अपराधको रूपमा परिभाषित गरेको छ। यससँगै एसिड प्रहारको घटनामा संलग्नलाई कडा सजायको व्यवस्था गरेको छ।

“कसैलाई एसिड फ्याँकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अंगभंग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टि पूर्णरूपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्णरूपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जलेर कुरूप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना हुने छ,” कार्यविधिमा भनिएको छ।

यसैगरी एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली वा क्षति भइ कुरूप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरूदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र सातदेखि १० लाख रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृतिबमोजिम पाँच वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवानाको प्रावधान छ।

यी अस्पतालमा हुन्छ निःशुल्क उपचार

सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको उपचार संशोधित फौजदारी कसूर कार्यविधि अनुसार निःशुल्क गर्न थालेको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–७ जानकरीनगरकी आरती साहको उपचार पहिलो पटक सरकारले निःशुल्क गरेको छ। उनको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ। जहाँ खानाको व्यवस्था पनि सरकारले गरेको छ।

सरकारले कीर्तिपुरबाहेक देशभरका १६ वटा अस्पतालमा पनि एसिड आक्रमणमा परेकाहरूको उपचार निःशुल्क गर्ने जनाएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल लगनखेल, कोशी अस्पताल र नारायणी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ।

डडेल्धुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पनि एसिड आक्रमणमा परेकाहरूको निःशुल्क उपचार हुने भएको छ।

" /> काठमाडौं। गएको कात्तिक २९ गते शनिबार धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर–७ को जानकीनगरस्थित माइतीघर बस्दै आएकी आरती साह र उनकी तीन वर्षीया छोरी रियामाथि एसिड प्रहार भयो।

"> एसिड आक्रमण : सात वर्षमा २८ घटना, अधिकांश पीडित महिला: Dekhapadhi
एसिड आक्रमण : सात वर्षमा २८ घटना, अधिकांश पीडित महिला

प्रतिक्रिया दिनुहोस्