पत्रकार गोकर्ण गौतमकाे निधन
<p>काठमाडौं। पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकमा कला, साहित्य तथा चलचित्र विधामा कलम चलाउँदै आएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा आज बिहान निधन भएको हो। </p>
<p>मस्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल) मा भर्ना गरिएको थियो।</p>
<p>उपचारकै क्रममा आज बिहान साढे ११ बजे निधन भएको हाे। टाउकाे शल्यक्रिया गर्दा नसा फुटेर रक्तश्राव हुँदा उनकाे निधन भएको अस्पतालले बताएकाे छ। </p>
<p>हेटौडा घर भएका उनी टाउँको दुख्ने समस्याबाट ग्रसित थिए।</p>
प्रतिक्रिया दिनुहोस्
