लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं। स्याङ्जामा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ बिसौना बस्ने २५ वर्षीय ख्यामबहादुर विक लगायत छन्।

उनीहरूको साथबाट प्रहरीले करिब दुई किलो लागूऔषध गाँजा बुधबार साँझ बरामद गरेको छ।

विकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, बाँकेमा पनि प्रहरीले एक जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागूऔषध २ सय ४० ट्याब्लेट नाइट्रोभ्याटसहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्