काठमाडौं। कुनै पनि देशको राष्ट्रपतिको पदावधि कति हुन्छरु प्रायशः चार या पाँच वर्ष। तर पेरू एउटा यस्तो देश बनेको छ, जहाँ एक सातामा दुई जना राष्ट्रपतिको कुर्सीमा बसेका छन्।
लोकतान्त्रिक देशमा राष्ट्रपति हुन् या अन्य कुनै पनि पदमा निर्वाचन जितेपछि निश्चित समयसम्म काम गर्न पाइन्छ। तर पेरुको अस्थिर राजनीतिका कारण त्यहाँ पाँच वर्षमा चार पटक राष्ट्रपति परिवर्तन भइसकेका छन्। अहिले फ्रान्सिस्को सगस्ती पाँच वर्षको अवधिमा देशको चौथो राष्ट्रपति बनेका छन्। उनी पनि केवल पाँच महिनाका लागि उक्त पदमा पुगेका हुन्।
कोरोना महामारीका बीच पेरूमा आगामी अप्रिलमा राष्ट्रपति निर्वाचन तोकिएको छ। यसअघि संसद्ले त्यहाँका निकै लोकप्रिय राष्ट्रपति मार्टिन विजकारालाई सत्ताबाट हटाउने पक्षमा मतदान गरेको थियो। त्यसपछि उनको स्थान लिए म्यानुअल मेरिनो। उनले पनि राजिनामा दिएर पदत्याग गरे।
पेरूमा यसरी अस्थिरता निम्तनुमा विशेष गरी राष्ट्रपतिकै कमजोरी रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। संसद् कांग्रेसमा पनि विपक्षीको नियन्त्रण छ। संसद्ले कतिपय यस्ता प्रस्ताव पास गरेको छ, जसले राष्ट्रपति र उनका मन्त्रीहरूले नीति निर्माण नै गर्न सक्दैनन्।
संसद्को बलमा विपक्षी नेता तथा पपुलर फोर्स पार्टीका अध्यक्ष केइको फुजीमोरीले सत्तामा आफू पुग्ने प्रण गर्दै आएका छन्। यसकारण पनि राष्ट्रपतिसँग उनको सम्बन्ध राम्रो हुन सकेको छैन।
सांसदले पटकपटक शिक्षामन्त्री हटाउन प्रस्ताव पारित गरेको छ, त्यसले निजी विश्व विद्यालय तथा समग्र शिक्षामा सुधार आउन सकेको छैन। नाभेम्बर ९ तारिखका दिन कांग्रेसले भ्रष्टाचारको आरोपमा राष्ट्रपति विजकारालाई हटायो।
संविधान मुताबिक विजकारा हटेपछि मेरिनो राष्ट्रपति बने। तर, उनको खुबै विरोध भएकाले पाँच दिनमै राजिनामा दिन बाध्य भए। अहिले ७६ वर्षीय सगस्ती पदमा पुगेका छन्। साढे चार वर्षको अवधिमा उनी पेरूको चौथो राष्ट्रपति बनेका हुन्। उनी यस्तो समयमा राष्ट्रपति बनेका छन्, जतिबेला नेताहरुप्रति जनतामा तीव्र विरोध छ।
" /> काठमाडौं। कुनै पनि देशको राष्ट्रपतिको पदावधि कति हुन्छरु प्रायशः चार या पाँच वर्ष। तर पेरू एउटा यस्तो देश बनेको छ, जहाँ एक सातामा दुई जना राष्ट्रपतिको कुर्सीमा बसेका छन्।लोकतान्त्रिक देशमा राष्ट्रपति हुन् या अन्य कुनै पनि पदमा निर्वाचन जितेपछि निश्चित समयसम्म काम गर्न पाइन्छ। तर पेरुको अस्थिर राजनीतिका कारण त्यहाँ पाँच वर्षमा चार पटक राष्ट्रपति परिवर्तन भइसकेका छन्। अहिले फ्रान्सिस्को सगस्ती पाँच वर्षको अवधिमा देशको चौथो राष्ट्रपति बनेका छन्। उनी पनि केवल पाँच महिनाका लागि उक्त पदमा पुगेका हुन्।

">