काठमाडौं। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा अनौठो ट्विट गरे। “मैले चुनावमा जित दर्ता गरेको छु। पूरा देशमा चुनावमा धोका भयो”, उनले ट्विटरमा लेखे। त्यस देशमा निर्वाचन सम्पन्न भएको १६ दिन भइसकेको छ भने नतिजा आएको १२ दिन बितिसकेको छ। तर पनि प्रतिद्वन्द्वी जो बाइडेनसँग आफ्नो हार भएको स्वीकार गर्न राष्ट्रपति पदका प्रत्याशी ट्रम्पलाई गाह्रो परिरहेको छ।
उनले निर्वाचन हुनुभन्दा केही दिनअघि नै चुनावमा धाँधली हुन सक्ने बताउँदै आएका थिए। अहिले पनि उनी सोही ‘धाँधली’ र ‘धोका’ शब्द दोहोर्याइरहेका छन्।
उनले न्युयोर्क टाइम्सको एउटा ट्विटलाई अमेरिकाको नक्सासँग जोडेर ट्याग गरे, जसमा आफूले अघिल्लो पटकको निर्वाचनमा भन्दा करोड बढी मत पाएको उल्लेख गरेका छन्। गत साता मूलधारका मिडियाले निर्वाचनमा बाइडेनको जित भएको समाचार प्रमुखताका साथ छापेका थिए।
अमेरिकामा राष्ट्रपतिमा जित्नका लागि ५३८ इलेक्टोरल कलेजमध्ये २७० मत आवश्यक पर्छ। बाइडेनले आवश्यकभन्दा बढी इलेक्टोरल मत पाएका छन्। तर पनि त्यो लोकतान्त्रिक तथा महाशक्ति देशले अझै निर्वाचनको औपचारिक नतिजा सार्वजनिक गर्न सकेको छैन।
अमेरिका जस्तो उदाहरणीय लोकतन्त्र भएको मुलुकमा जनताले दिएको मतको कदर नहुनु आश्चर्यको विषय भएको राजनीतिका पण्डितहरूको भनाइ छ। चुनाव परिणामले लोकप्रियमात्र होइन इलेक्टोरल कलेजमा समेत जो बाइडेनले शानदार जित हासिल गरिसकेको देखाएको छ। तर, पनि ट्रम्प आफ्नो हार स्वीकार गर्नबाट पछि हटिरहेका छन्।
यसले संसारकै लोकतान्त्रिक पद्धतिमाथि औंला उठ्न पुगेको छ। संसदीय व्यवस्था, लोकतन्त्र, जनमत तथा आवधिक निर्वाचनजस्ता कुरालाई अमेरिकाकै शीर्ष नेता र दलले अंगिकार गर्न कञ्जुस्याइँ किन गरिरहेका छन्? यो प्रश्नको उत्तर अमेरिका र त्यहाँका दलहरुले दिनै पर्ने छ।
विजेता बाइडेनले सहज रूपमा सत्ता छाड्न ट्रम्पलाई अनुरोध गर्दै आएका छन्। निर्वाचनमा स्पष्ट हार भइसकेपछि देशका गम्भीर नीति नियम तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभावकारी निर्णय गर्नु गैरजिम्मेवार काम मानिन्छ। तर, ट्रम्प चीनसँगको सम्बन्धमा थप तीक्तता उत्पन्न गराउने प्रयास गरिरहेका छन्।
अन्य कतिपय दूरगामी महत्वका विषयमा पनि उनले हस्तक्षेप गर्न थालेका छन्। यसले अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस तथा उनका टिमलाई गाह्रो पार्ने छ।
नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनको स्पष्ट नतिजा ७ तारिखका दिन आएको थियो। अमेरिकाको संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले आगामी वर्ष २०२१ को जनवरी २० तारिखका दिन ह्वाइट हाउसमा शपथ ग्रहण गर्ने छन्। राष्ट्रपतिको कार्यकाल ४ वर्षको हुने छ।
" /> काठमाडौं। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा अनौठो ट्विट गरे। “मैले चुनावमा जित दर्ता गरेको छु। पूरा देशमा चुनावमा धोका भयो”, उनले ट्विटरमा लेखे। त्यस देशमा निर्वाचन सम्पन्न भएको १६ दिन भइसकेको छ भने नतिजा आएको १२ दिन बितिसकेको छ। तर पनि प्रतिद्वन्द्वी जो बाइडेनसँग आफ्नो हार भएको स्वीकार गर्न राष्ट्रपति पदका प्रत्याशी ट्रम्पलाई गाह्रो परिरहेको छ।उनले निर्वाचन हुनुभन्दा केही दिनअघि नै चुनावमा धाँधली हुन सक्ने बताउँदै आएका थिए। अहिले पनि उनी सोही ‘धाँधली’ र ‘धोका’ शब्द दोहोर्याइरहेका छन्।

">