काठमाडौं। सुनसरीमा आगलागीबाट १९ लाख ६५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। बराहक्षेत्र नगरपालिका–१० बाहुनी खोला बस्ने जानुका कार्कीको खेतमा आगलागी भएको हो।
धानमा थ्रेसर लगाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा ट्याक्टर थ्रेसर, धान र पराल समेत जलेको छ।
सुनसरीको छिमेकी जिल्ला मोरङको उर्लाबारी नगरपालिका–३ चन्दनेचोकका ४० वर्षीय हरि गडतौलाको अन टेस्ट ट्याक्टरमा जडान गरिएको थ्रेसर मेसिनबाट खेतमा धान पराल दाउनी क्रममा मंगलबार दिउँसो आगलागी भएको छ।
आगलागीबाट ट्याक्टर, थ्रेसर मेसिन र धान पराल समेत जलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले जनाए अनुसार करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, उदयपुरको ताप्ली गाउँपालिका–३ दगले बस्ने नरमाया तामाङको गोठबाट आगो सल्किँदा उनकै छोरा ननेन्द्र तामाङको घर पनि जलेको छ।
मंगलबार दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब १३ लाख ४८ हजार रूपैयाँ बराबरको क्षति भएको छ।
" /> काठमाडौं। सुनसरीमा आगलागीबाट १९ लाख ६५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। बराहक्षेत्र नगरपालिका–१० बाहुनी खोला बस्ने जानुका कार्कीको खेतमा आगलागी भएको हो।धानमा थ्रेसर लगाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा ट्याक्टर थ्रेसर, धान र पराल समेत जलेको छ।

">