काठमाडौं। अमेरिकाले इराक तथा अफगानिस्तानमा तैनाथ आफ्ना सेना घटाउने भएको छ। आगामी जनवरी १५ सम्ममा ती दुई देशमा रहेका सेना घटाएर २५/२५ सय बनाउन लागेको हो। अमेरिकाका कार्यवाहक रक्षा सचिव क्रिस्टोफर सी मिलरले मंगलबार यस्तो घोषणा गरेका हुन्।
यो घोषणा ती दुई देशमा भएका युद्धको अन्त्य गर्न सफलता मिलेपछि अमेरिकाले आफ्ना सेना फिर्ता ल्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान समूहको बाचाअनुरुप गरिएको हो। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीका सांसदले भने यस्तो घोषणा राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै विरोध गरेका छन्। रिपब्लिकनकै केही सांसदले समेत यसमा विरोध जनाएका छन्।
मिलरले भने, ‘‘म यी दुवै देशमा रहेका सैनिकबारे राष्ट्रपति ट्रम्पको आदेश पालना गर्न औपचारिक रुपमा घोषणा गर्छु। जनवरी १५ सम्ममा ती दुवै देशमा २५००÷२५०० अमेरिकी सैनिक मात्रै रहने छन्।’’ अफगानिस्तानमा अहिले ४५०० भन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।
राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनका अनुसार बाँकी रहेका सैनिकलाई त्यहाँका दूतावास तथा अन्य सुरक्षामा खटाइने छ। यो घोषणाको अहिले नै बाइडेन र उपराष्ट्रपतिमा विजय पाएकी कमला ह्यारिसले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर, डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुले भने ट्रम्पको कदममो तीव्र आलोचना गरेका छन्।
सिनेटर चक सुमरले पत्रकारहरुसँग भने, ‘‘ट्रम्पको नीति अस्थिर छ, आवेगमा आएर गरिएको फैसलामा आधारित छ।’’ डेमोक्रेटिकका अन्य सांसदले यो घोषणालाई राजनीति प्रेरित भन्दै ट्रम्पले यसमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।
ट्रम्पकै पार्टी रिपब्लिकनका रोय ब्लन्ट, जिम इनहोफलगायतका सांसदले घोषणाप्रति थुप्रै प्रश्न गरेका छन्। यसले अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौती थपिने उनीहरुको भनाइ छ।
" /> काठमाडौं। अमेरिकाले इराक तथा अफगानिस्तानमा तैनाथ आफ्ना सेना घटाउने भएको छ। आगामी जनवरी १५ सम्ममा ती दुई देशमा रहेका सेना घटाएर २५/२५ सय बनाउन लागेको हो। अमेरिकाका कार्यवाहक रक्षा सचिव क्रिस्टोफर सी मिलरले मंगलबार यस्तो घोषणा गरेका हुन्।यो घोषणा ती दुई देशमा भएका युद्धको अन्त्य गर्न सफलता मिलेपछि अमेरिकाले आफ्ना सेना फिर्ता ल्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान समूहको बाचाअनुरुप गरिएको हो। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीका सांसदले भने यस्तो घोषणा राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै विरोध गरेका छन्। रिपब्लिकनकै केही सांसदले समेत यसमा विरोध जनाएका छन्।

">