भारत जाँदै गरेका युवक गाँजासहित पक्राउ

काठमाडौं। सिरहाको वरियारपट्टी गाउँपालिका–१ वडहरीबाट एकजना युवक गाँजासहित पक्राउ परेका छन्।

सोही गाउँपालिका–५ जिझौलका २७ वर्षीय पृथ्वीनारायण यादव पक्राउ परेका हुन्।

मंगलबार दिउँसो नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्