ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु भएका दुवै जनाको सनाखत हुन बाँकी रहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

बिर्तामोड नगरपालिका–६ मा रहेको गिरी मन्दिर नजिकै सो बुधबार बिहान करिब साढे ११ बजे दुर्घटना भएको हो।

ना ६ ख ३३५० नम्बरको ट्रकले मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुवै सवारी साधन पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो। दुर्घटनापछि ट्रकका चालक फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको डीएपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्