काठमाडौं। लागूऔषध गाँजा र ब्राउन सुगरसहित ९ जना मोरङको उर्लाबारीमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ परेको हो।
पक्राउ पर्नेमा आठ जना युवक र एक जना युवती रहेका छन्।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–७ का २१ वर्षीया ममता तामाङ, १९ वर्षीय असीम लिम्बू, उर्लाबारी नगरपालिका–९ का २८ वर्षीय आकाश लिम्बू, ४२ वर्षीय मिलन याक्सो, रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रूपमान केदेम र रतुवामाई–९ का २५ वर्षीय मञ्जिल बस्नेत रहेका छन्।
यस्तै, रतुवामाई–१० का १९ वर्षीय एञ्जिल मगर, झापाको दमक नगरपालिका–४ का ३० वर्षीय सुमन सुनुवार र दमक नगरपालिका–७ का १९ वर्षीय ससिन सेख पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले ब्राउन सुगर ४ ग्राम ७ सय २७ मिलिग्राम र एक सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजासँगै को २६ प १८५६, प–१–०१–०१२ प ६३१३, को ३४ प २६७, बा ५३ प १४२४ र मे २ प ५७७० नम्बरका मोटरसाइकलहरू बरामद गरेको छ।
" /> काठमाडौं। लागूऔषध गाँजा र ब्राउन सुगरसहित ९ जना मोरङको उर्लाबारीमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई पक्राउ परेको हो।पक्राउ पर्नेमा आठ जना युवक र एक जना युवती रहेका छन्।

">