पाँचथर। पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
भालुचोकदेखि अरूण भ्याली हाइड्रो पावरतर्फ निर्माण सामग्री बोकेर जाँदै गरेको लु ४ त २३६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी २४ वर्षीय थलबहादुर गुरूङको मृत्यु भएको हो। उनी उक्त ट्याक्टरका चालक हुन्।
उनको घर संखुवासभाको मुडेशनिश्चरका रहेको खुलेको छ। ट्याक्टर अनियन्त्रित भएर हिलिहाङ गाउँपालिका वडा नम्बर–१ मालबासेस्थिति भित्रि कच्ची सडकमा दुर्घटना भएको हो।
सडकबाट करिब २० मिटर तल ट्याक्टर खसेको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल फिदिममा ल्याउँदा चिकित्सकले गुरूङलाई मृत घोषणा गरेका थिए। उनको शव जिल्ला अस्पतालमै रहेको छ।
दुर्घटना साेमबार दिँउसो ३:१० बजे भएको हो। ट्याक्टरका सहचालक आकाश सुनुवार पनि दुर्घटनामा परी घाइते भएका छन्। उनी भोजपुरको दिङलाका हुन्।
अन्दाजी ३३ वर्षीय उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक डम्बर विकले बताए।
" /> पाँचथर। पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।भालुचोकदेखि अरूण भ्याली हाइड्रो पावरतर्फ निर्माण सामग्री बोकेर जाँदै गरेको लु ४ त २३६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी २४ वर्षीय थलबहादुर गुरूङको मृत्यु भएको हो। उनी उक्त ट्याक्टरका चालक हुन्।

">